गौशालामा हतियार प्रहार घटनामा एक जना पक्राउ

काठमाडाैं | असोज १६, २०८०

गौशालामा हतियार प्रहार घटनामा एक जना पक्राउ

काठमाडौंको गौशालामा धारिलो हतियार प्रहार गरेको घटनामा एक जना पक्राउ परेका छन्। 

 

सोमबार बिहान पौने १२ बजे काठमाडौं महानगरपालिका-९ बागमती करिडोरको तिलगंगामा बारा कलैया उपमहानगरपालिका(२१ घर भई कोटेश्वर बस्ने ३८ वर्षीय साविर हुसेनमाथि धारिलो हतियार प्रहार भएको थियो। 

 

उनीमाथि हतियार प्रहार गरेको आरोपमा प्रहरीले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए। उनका अनुसार पक्राउ पर्नेमा सिकिल देव सहनी छन्।

 

घटनास्थलबाट प्रहरीले एउटा कटुवा पेस्तोल र चक्कु बरामद गरेको थियो। हुसेनमाथि चक्कु प्रहार गरी सहनी फरार भएका थिए। सहनीसँगै अर्का व्यक्ति पनि घटनामा संलग्न भएको प्रहरीको आशंका छ। तर ती व्यक्ति पक्राउ परिसकेका छैनन्।

 

सुरूमा हुसेनलाई सिनामंगलस्थित केएमसी अस्पतालमा लगिएको थियो। थप उपचारको लागि महाराजगन्जस्थित टिचिङ अस्पतालमा राखिएको छ। उनी अहिले खतरामुक्त भएको एसपी ढुंगेलले बताए। 
 


 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्